लण्डन । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखिएपछि युरोपेली संघ (इयू) का केही सदस्य राष्ट्रहरुले त्यहाँको यात्रामा प्रतिबन्ध लगाएका छन् ।
कोरोना भाइरस म्यूटेशन अर्थात उत्परिवर्तन भएर नयाँ स्वरुपमा देखापरेको बीबीसीले जनाएको छ ।
नयाँ प्रकारको भाइरस देखिएपछि आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, नेदरल्यान्ड्स र बेल्जियमले बेलायतबाट हुने सबै उडानहरूमाथि रोक लगाइरहेका छन्।
नयाँ भाइरस पहिलाको भन्दा तीव्र गतिमा फैलिरहेको बताइए पनि धेरै घातक भने नभएको मानिएको छ । उत्परिवर्तीत भाइरस नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया