काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमवार दिउँसो कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । आज राती कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया