स्विट्जरल्याण्डले फाइजरको भ्याक्सिनलाई प्रयोगको अनुमति दियो

काठमाडौं । स्विट्जरल्याण्डले शनिवार फाइजर-बायोएनटेकको कोरोना भ्याक्सिनलाई प्रयोगको स्विकृति दिएको छ । देशमा क्रिसमसपछि भ्याक्सिनेशन शुरु गरिने बताइएको छ ।

स्विट्जरल्याण्डमा हालसम्म कोरोना भाइरसका कारण ६ हजार ६०२ जनाको मृत्यु भएको छ भने ४ लाख ३ हजार ६५५ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै ३ लाख ११ हजार ५०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८५ हजार ८८७ जना उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?