काठमाडौं । चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । पुर्वी तराईका केही स्थानका साथै मध्य र पश्चिमी तराईका अधिकांश स्थानमा हुस्सु, कुहिरो लागेको छ । साथै, प्रदेश १, गण्डकी तथा सदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ५ गते (आइतबार)
दिउँसो: प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ६ गते (सोमबार)
दिउँसो: कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
पौष ७ गते (मंगलबार)
दिउँसो: प्रदेश नं १, लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: प्रदेश नं १ प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया