नेकपा अध्यक्ष पुष्पकमल दाहाल २०७६ जेठमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालुवाटार पुगेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफलमा रहेका ओलीले दाहाललाई बाहिर करिब दुई घण्टा कुराए । त्यसअघि पनि ओलीलाई भेट्न जाँदा बारम्बार कुर्नुपरेका दाहालले आफ्नो सचिवालयका सदस्यहरूसँग भनेका थिए, ‘केपीजीले सारै
अपमान गर्नुभयो । तीन–चार चोटि नै भयो, घण्टौं बाहिर कुराउनुहुन्छ ।’
ओली प्रधानमन्त्री बनेयता उनलाई भेट्न दाहाल तीन सय चोटिभन्दा धेरै बालुवाटार पुगेका छन् । शनिबार भने दृश्य बदलियो, ओली स्वयं दाहाल निवास खुमलटार पुगे ।
प्रधानमन्त्री भएयता ओली दाहाल निवास खुमलटार गएको यो दोस्रो पटक हो । यसअघि २०७५ मंसिरमा दाहालका छोरा प्रकाशको पहिलो स्मृतिसभामा सहभागी हुन खुमलटार गएका थिए । शनिबार भने पार्टीभित्र संकटमा परेपछि त्यसलाई पार लगाउने उपायको खोजीमा उनी पुगेका हुन् ।कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया