काठमाडौंको तापक्रम दुई डिग्री सेल्सियस : यसरी जोगिनुहोस् चिसोबाट !

काठमाडौं – काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको हो । अहिले त्यो बढेर ७ पुगेको छ । तर चिसो भने व्यापक छ । उपत्यकासहित देशभर अत्याधिक चिसो बढीरहेको छ । हालको अवस्थामा देशमा उत्तर- पश्चिमी वायुको प्रभाव रहेका कारण विभिन्न प्रदेशका भू – भागहरुमा आंशिक बदली रही बाँकी भू – भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तपाई चिसोबाट बच्न भान्छाको सामान्य चीजहरुपनि प्रयोग गर्न सक्नुहुन्छ ।
तील,दालचीनी,लसुन,अदुवा, मनतातो पानी, जीरा ज्वानो, मेथी, बत्तिसा धुलो आदी प्रयोग गर्न सक्नुहुन्छ ।

अरु के गर्ने  ? 

पर्याप्त न्यानो कपडा लगाउने

मुटुका बिरामीहरूले जाडोमा बाधा पर्ने गरी शारीरीक काम नगर्ने

नियमित शारीरिक व्यायाम गर्ने

सरुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिने

छालाको सुरक्षामा ध्यान दिनुपर्छ ।

बिहान उठ्ने बित्तीकै पर्याप्त मनतातो पानी पिउने

स्वस्थ आहारव्यहार गर्ने

कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्रभने शरीरले रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम हुँने हुँदा होसीयारी अपनाउनुपर्छ ।

जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने गरीन्छ । तर हावाको आवतजावत हुनेगरी कोठाको व्यवस्थापन गरेर मात्रै बस्नुपर्छ ।

यसैबीच सर्वसाधारणको अत्याधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको हुँदा मनिङ वाक नगर्न चिकित्सकले भनेका छन् ।

रुघाखोकी, घाँटी दुख्ने, टन्सिल हुने, मुटु, दम, निमोनिया लगायतका स्वास्थ्य समस्या हुने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?