काठमाडौं – पूर्वी अफगानिस्तानको घजानी राज्यमा बम विष्फोट हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । घटनामा २० जनाभन्दा बढी बालबालिका घाइते भएका छन् ।
विष्फोटको कारण स्पष्ट हुन नसकेपनि त्यहाँका अधिकारीहरुले रिक्साको पछाडि राखिएको अवस्थामा बम विष्फोट भएको बताएका छन् । तर स्थानीयहरुका अनुसार बेवारिसे अवस्थामा भेटिएको विष्फोट हुनु अघिको बमलाई बालबालिकाले अन्य वस्तु सोचेर पसलमा बिक्री गर्न खोज्दा उडेर विष्फोट भएको हो ।
स्थानीय समय अनुसार विष्फोट दिउँसो २ बजे भएको हो । घटनास्थल नजिकैको घरमा कुरान पढिरहेको अवस्थामा विष्फोट भएको जनाइएको छ । तालिवान आतंकवादी समूहले विष्फोटको जिम्मा लिँदै दुर्घटनावश भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया