काठमाडौं – गुल्मीमा अटो रिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने रिक्सामा सवार चारजना घाइते भएका छन्।
शुक्रबार राति गुल्मी दरबार गाउँपालिकाको गैडाकोटबाट तम्घासतर्फ जाँदै गरेको लु १ ह २७४३ नम्बरको अटो रिक्सा अनियन्त्रित भई सडकदेखि करिब २०० मिटर तल खस्दा घाइते भएका रेसुंगा नगरपालिका – १२ का ३० वर्षीय चालक तेजबहादुर रानाको गुल्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अटो रिक्सामा रहेका रेसंगा–१२ का २७ वर्षीय रमेश खत्री, रेसुंगा – २ का १६ वर्षीय रोशन परियार, १८ वर्षीय सुरज परियार र १७ वर्षीय सुनिल बिक घाइते भएका छन्।
गम्भीर घाइते सुरज र सुनिलको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
अन्य दुईजनाको गुल्मी अस्पतालमा उपचार भइरहेकोे छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया