पुटिनविरुद्ध विपक्षी नेताको गम्भीर आरोप : भने-‘रुसको सम्राट बन्न मलाई बिष खुवाइयो’

काठमाडौं । रुसका विपक्षी नेता एलेक्सी नवाल्नेले रुसी राष्ट्पति भ्लादिमिर पुटिनमाथि गम्भीर आरोप लगाएका छन् ।

उनले पुटिन रुसी सम्राट बन्नको लागि आफूलाई बिष खुवाइएको बताएका छन् ।

बेलिंगक्याट नामको एक वेबसाइटसँग कुरा गर्दै उनले यो वर्षको अगस्टमा मस्को जाँदै गरेको र फ्लाइटमा अचानक बेहोस भएको बताए ।

त्यसपछि फ्लाइटलाई इमर्जेन्सी ल्याण्डिङ गराएर जर्मनीको अस्पतालमा भर्ना गराएको उनले बताए ।

अस्पतालमा डाक्टरले आफूलाई फ्लाइटमा बिष दिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?