काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। संघीय संसद भवनमा बिहान १०:३० बजे बस्ने बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल हुने जनाइएको छ ।
संवैधानिक आयोगहरुमा नियुक्तिका लागि अप्ठेरो परेपछि सरकारले मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो। परिषद्को बैठकमा सभामुख र विपक्षी दलका नेताको उपस्थितिबिना नै आयोगमा नियुक्ती दिन सकिने व्यवस्था उक्त अध्यादेश छ ।
उक्त कदमको सत्तारुढ दलभित्रै व्यापक विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने जनाइसकेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया