अब २ दिन उपत्यकाका यी ठाउँहरूमा बत्ती नआउने

काठमाडौं– शुक्रवार र शनिवार उपत्यकाका विभिन्न स्थानमा विद्दुत आपुर्ती बन्द हुने भएको छ । शुक्रवार बिहान ७ देखि १० बजेसम्म र शनिवार दिउँसो १२ देखि ३ बजेसम्म आपूर्ती बन्द हुने भएको नेपाल विद्दुत प्राधिकरणले जनाएको छ ।

काठमाडौंको बालाजु सवस्टेसनको ११ के भि ब्रेकर जडान गर्नुपर्ने भएकोले विद्दुत आपूर्ती बन्द हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सो समयमा उक्त सवस्टेसनबाट वितरित बालाजु ‌औधोगिक क्षेत्र १, बालाजु ‌औधोगिक क्षेत्र २, ढुंगेधारा, महाराजगंज २, नयाँ बजार र धर्मस्थली फिडरहरु सट डाउन हुने हुँदा उक्त क्षेत्रमा बत्ती आउने छैन् ।

जडान कार्य निर्धारित  समय अगावै सम्पन्न भएमा समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?