रासायनिक मल ल्याउन नेपाल र बंगलादेशबीच सम्झौता

काठमाडौं । बंगलादेशबाट नेपालले रासायनिक मल ल्याउनको लागि आधिकारीक रुपमा सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग नेपालका लागि युरिया मल आपूर्ति गराइदिने विषयमा टेलिफोन वार्ता गरेका थिए ।

दुई देशबीच वार्ता भएको करिब साढे तीन महिनापछि बिहीवार (आज) नेपालका लागि बंगलादेश सरकारले आपूर्ति गराउन एउटा आधिकारिक सम्झौता भएको हो ।

नेपाल र बंगलादेशबीच भएको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले बंगलादेशबाट ५०,००० मेट्रिक टन युरिया मल पैँचो मागेका थिए।

तर युरिया मल पैँचो ल्याउन सम्भव नभएपछि ुजीटुजीु अर्थात बंगलादेश सरकारबाट नेपाल सरकारले किन्नेबारे बिहीवार सम्झौता भएको हो ।

अबको १० दिन भित्रमा बंगलादेशबाट नेपालका लागि युरिया मलको पहिलो खेप पठाउनेगरी काम भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?