दाङ । मालपोत कार्यालय, तुलसीपुर दाङका कार्यालय प्रमुख मालपोत अधिकृत नरेश कुमार खड्कासहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मालपोत अधिकृत खड्का, मुद्दा फाँटका नासु केशवराज अधिकारी, मोठ फाँटका नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि सुकुम्बासीको हैसियतले प्राप्त गरेको जग्गाको श्रेस्ता कायम गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने काम अगाडि बढेकोमा अन्त्यमा गरिने स्थलगत सर्जमिन गर्ने काम अड्काई घुस लिएको आरोप रहेको छ ।
अख्तियारको आरोप पत्रमा उल्लेख भए अनुसार सेवाग्राहीको नियमानुसार निशुल्क गर्नुपर्ने कामको लागि दुख हैरानी दिई झुलाई ३ लाख २० हजार घुस लिएको पुष्टि उल्लेख गरिएको छ।
उनीहरुविरुद्ध घुस लिएको रकम विगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय माग दाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया