काठमाडौं । भारतको उत्तर प्रदेशस्थित जनपद मुजफ्फरनगरमा अहिले एक फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल फोटोमा एक बालक कुकुरसँग सुतिरहेको देख्न सकिन्छ ।

बालकसँग सोधपुछ गर्दा उनले आफ्ना बुबा जेलमा रहेको र आमाले छोडेर गएको बताएका थिए । ९ वर्षका उनको वेदनाले भरिएको कहानी सुन्दा सबै भावविह्वल बनेका छन् ।

सोसल मिडियामा उनलाई विभिन्न प्रतिक्रियाहरु आइरहेका छन् । उनी अहिले सडकमा कुकुरसँग सुत्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया