उद्योग वाणिज्य महासंघको उपमहानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंको उपमहानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् ।

महासंघको बुधवार बसेको पदाधिकारी बैठकको निर्णयअनुसार अध्यक्ष शेखर गोल्छाले अवस्थीलाई उपमहानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

महासंघका हरेक गतिविधि, अनुसन्धान, कन्टेन्ट राईटिङ लगायतमा उनको जिम्मेवारी रहने गरी सञ्चारविज्ञको रुपमा अवस्थीलाई नियुक्त गरिएको हो ।

लामो समय पत्रकारिता क्षेत्रमा रहेर काम गरेका अवस्थीले एक दशक कान्तिपूर दैनिकमा काम गरेको अनुभव रहेको छ ।

आर्थिक पत्रकारितामा राम्रो दख्खल भएका अवस्थी नेपाल आर्थिक पत्रकार समाज (सेजन) को पूर्वअध्यक्ष समेत रहेका छन् ।

त्यस्तै अवस्थीले संयुक्त राष्ट्र संघ नेपालको दिगो विकास लक्ष्य सल्लाहकारका रुपमा काम समेत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?