काठमाडौं । चीनको एक मानवरहित अन्तरिक्ष यान चन्द्रमाबाट चट्टान र धुलो लिएर बिहीवार पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुङ्गा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ ।
यी नमूनाहरूले चन्द्रमाको उत्पत्ति र ज्वालामुखी क्रियाकलापमा अन्तरदृष्टि प्रदान गर्ने, यद्यपि त्यस मिशनले चीनको प्राविधिक प्रगतिलाई कसरी प्रदर्शन गर्यो भन्ने कुरामा थप तत्काल ध्यान केन्द्रित गरिएको वैज्ञानिकहरूले जनाएका छन् ।
चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको जनाएको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा पुगेर फर्किएको यो पहिलो सफल चन्द्र अभियान बनेको छ ।
The China National Space Administration has found #ChangE5!!!
Follow the live feed👉 https://t.co/jhbg3GS35C https://t.co/Hep9AEyJCT
— ESA Operations (@esaoperations) December 16, 2020
यसअघि यस्तो सफलता ४४ वर्ष अगाडि प्राप्त भएको थियो । जतिबेला सोभियत लुना ट्वेन्टी फोर अभियानले करिब दुई सय ग्राम सामान पृथ्वी ल्याएको थियो । अहिले ल्याइएका नयाँ नमुनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान बताइएको छ ।

“चीनले लामो समयदेखि यसको लागि तयारी गरिरहेको एस्ट्रोफिजिक्स अनुसन्धानकर्ता हार्वर्ड स्मिथसोनियन सेन्टर जोनाथन म्याकडोवेलले एएफपीलाई बताएका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया