बुधवार भारतमा ६ महिना यताकै सबैभन्दा कम संक्रमित

काठमाडौं । भारतमा बुधवार ६ महिना यताकै कम संक्रमित फेला परेका छन् । बुधवार त्यहाँ १८ हजार १६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संख्या २४ जून पछिकै कम हो । त्यो दिन भारतमा १६ हजार ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म भारतमा ९९ लाख ५१ हजार ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ४४ हजार ४८७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?