काठमाडौं । चन्द्रमाबाट चट्टान र धुलो लिन गएको चीनको अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ ।
नोभेम्बरको अन्त्यमा चाङ्ग–इ फाइभ अभियान अन्तर्गत चन्द्रमामा पठाइएको उक्त अन्तरिक्ष यान आज (बिहीवार) स्थानीय समय अनुसार १ः३० बजे भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको चिनियाँ सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ ।
अमेरिकी एपोलो र सोभियत लुना अभियानले चन्द्रमाबाट नमूना ल्याएको ४० वर्ष पछि चीनको चाङ्ग–अ फाइभ अभियानले नमूना ल्याएको हो ।
हाल ल्याइएका नयाँ नमूनाले पृथ्वीको उपग्रह र चन्द्रमाको भूगर्भबारे ताजा जानकारीहरू प्रदान गर्ने समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया