अनुमान गरेरै ट्रम्पको ट्वीटर ह्याक

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर अकाउण्ट पासवर्ड अनुमानबाटै ह्याक गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

नेदरल्याण्ड्समा एक ह्याकरले पासवर्ड अनुमान गरेरै ट्रम्पको ट्वीटर खाताभित्र प्रवेश गर्न सकेको सरकारी अधिकारीहरूले बताएका हुन्।

डोनल्ड ट्रम्पको ट्विटर

उनले ट्वीटर ह्याक गरेपनि नैतिकतापूर्वक काम गरेकाले भिक्टर गेभर्सलाई नेदरल्याण्ड्समा कारबाही नगरिने सरकारी अभियोजनकर्ताहरूले बताएका छन् ।

भिक्टर गेभर्स

अमेरिकामा राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणताका गेभर्सले अक्टोबर २२ मा ट्रम्पको ट्विटरभित्र छिरेर लिएका स्क्रीनशटहरू सार्वजनिक गरेका थिए।

ट्विटर

त्यतिबेला ह्वाइट हाउसले ह्याकसम्बन्धी दाबीको खण्डन गरेको थियो। ट्विटरले पनि त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएको थियो । श्रोत बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?