कोलम्बो । मिलेनियम च्यालेन्ज कर्पारेसन (एमसीसी) बोर्डले श्रीलंकासँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । डिसेम्बर १५ मा बसेको एमसीसी बोर्ड बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेको श्रीलंकाको अंग्रेजी पत्रिका डेल्ली मिररले जनाएको छ ।
यस अगाडिको सरकारले ४८० मिलियन डलर बराबरको सम्झौता लिने घोषणा गरे पनि नयाँ बनेको सरकारले त्यसलाई निरन्तरता नदिने अडान लिएको थियो । सम्झौता रद्द भएसँगै अब त्यहाँ रहेको एमसीसीको कार्यालय बन्द गरिने छ ।
एमसीसी बैठकले सम्झौता रद्द गर्ने निर्णय गरिसके पनि यसको औपचारिक घोषणा भने हुन बाँकी रहेको डेल्ली मिररले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया