आजदेखि काठमाडौं-दिल्ली हवाइ उडान सुचारु

काठमाडौं । नेपाल वायु सेवा निगमले नौ महिनापछि आज बिहीबारदेखि काठमाडौं-दिल्ली उडान सुरु गर्दै छ । कोरोना भाइरस संक्रमणका कारण चैत ११ गतेदेखि बन्द रहेको काठमाडौं दिल्ली उडान नौ महिनापछि सुरु हुन लागेको हो।

आज बिहान साढे ११ बजे निगमको एयरबस ए ३२० दिल्ली प्रस्थान गर्नेछ । दिल्लीबाट पनि आजै एयर इन्डियाको एउटा जहाज काठमाडौँ अवतरण हुने निगमले जनाएको छ । दुवै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल संयन्त्र’को अवधारणाअन्तर्गत काठमाडौं-दिल्ली नियमित निर्धारित उडान पुनः शुरु गर्न लागेका हुन् ।

अब हरेक दिन काठमाडौं–नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान हुने जनाइएको छ। नेपालबाट दिल्ली जाने यात्रुले ७२ घण्टे पिसिआर रिपोर्ट पेश गर्नुपर्ने  छ।

निगमले पुस ६ गतेखि काठमाडौं हङकङ उडान पनि सुरु गर्दै छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?