९ चैत्र २०७९, बिहीवार

‘ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता’

२०७४,आश्विन,१५,आईतवार ०३:५४

0
Shares

 काठमाडौँ, १५ असोज ।प्रधानमन्त्री शेरबहादुर देउवाले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सँगाल्दै सबैका अभिभावकका रुपमा रहनुभएका सबै आमा, बुबा, ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गरेका छन ।सत्ताइसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा उहाँले दिनुभएको सन्देशमा परापूर्वकालदेखि चल्दै आएको आफूभन्दा ठूलालाई सम्मान र आदर गर्ने संस्कारलाई अक्षुण्ण राख्नु हामी सबैको कर्तव्य हो भन्दै सम्पूर्ण ज्येष्ठ नागरिकप्रति नमन गरेका छन ।उनले ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा संवद्र्धनका लागि र उनीहरुको सम्मान–आदरका लागि सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिएका छन । नेपालमा रहेका करिब २७ लाख ज्येष्ठ नागरिकले कुनै न कुनै तरिकाबाट आफ्नो ऊर्जाशील जीवन राष्ट्रको योगदानका लागि खर्चिएको बताउँदै उनले ज्येष्ठ नागरिकका अनुभव हाम्रा लागि पथप्रदर्शक रही अमूल्य सम्पत्तिका रुपमा रहेको स्पष्ट गरेका छन ।उनले नेपालको संविधानले मौलिक हकको माध्यमबाट ज्येष्ठ नागरिकप्रतिको राज्यको दायित्वको सिर्जना गरेको हुँदा सरकार ज्येष्ठ नागरिकको सम्मान र संरक्षणका लागि सदैव चिन्तित रहेको बताउँदै भनेका छन, “राज्यको सीमित स्रोत र साधन हुँदाहुँदै पनि ज्येष्ठ नागरिकका लागि कतिपय कल्याणकारी कार्यक्रम सञ्चालन गरिरहेको हामी सबैलाई थाहा छ, अझै पनि ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राज्यले राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकता हुँदै गएको मैले महसुस गरेको छु । साथै उहाँहरुले देखाएको मार्गदर्शनलाई परिवार, समाज र राष्ट्रका सबै पक्षले अनुसरण गर्नुपर्दछ भन्ने लागेको छ ।”संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन्छ । यस वर्ष ‘भविष्यतर्फ पाइला : ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०३:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००