काठमाडौं । भारत र पाकिस्तानबीचमा सन् १९७१ मा भएको युद्धको आज ५० वर्ष पूरा भएको छ ।

यो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिल्लीस्थित नेशनल वार मेमोरियलमा स्वर्णिम विजयोत्सवको दीप जलाएका छन् ।

उनीसँगै रक्षमन्त्री राजनाथ सिंह पनि कार्यक्रममा उपस्थित रहेका थिए । साथै चीफ अफ डिफेन्स स्टाफ बिपिन रावत र सेनाका तीन अंगका प्रमुख पनि कार्यक्रममा सहभागि थिए ।

सबैले शहीदलाई श्रद्धाञ्जली दिएका थिए । १९७१ मा भारत र पाकिस्तानबीच भएको युद्धमा ज्यान गुमाएका सैनिकहरुलाई श्रद्धाञ्जली दिइएको हो ।
#WATCH Prime Minister Narendra Modi pays tribute to the fallen soldiers at National War Memorial on the 50th-anniversary of the 1971 India-Pakistan war#VijayDiwas2020 pic.twitter.com/v0sDbwVeQ6
— ANI (@ANI) December 16, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया