काठमाडौं – सरकारले कोरोना भाइरस ‘कोभिड – १९’ बाट आफ्ना नागरिकलाई जोगाउन भन्दै दुई छिमेकी मूलुक (भारत र चीन) सँग महामारीपछि बन्द गरेको सीमालाई अझै बन्द राख्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले हाल बन्द रहेको सीमालाई अझै बन्द अवस्थामा नै राख्ने निर्णय गरेको हो।
कोरोना महामारीपछि अत्यावश्यक अवस्थामा भारततर्फ ११ वटा नाकाबाट र चीनतर्फ एउटा नाकाबाट आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।
कोरोनाको अवस्थालाई विचार गरेर सीमा अझै बन्द नै राख्ने आज निर्णय भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया