काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३८ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये १७४ जना महिला र २६४ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लामा मात्रै ४ हजार ३५३ सक्रिय केस रहेका छन् भने ८८ हजार ६९९ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४४७ जनाको मृत्यु भएको छ भने ९३ हजार ५०२ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा ३३३ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार ९८ जना निको भएका छन् । त्यस्तै हालसम्म ९७ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ५२८ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा ७०७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै १३ हजार ६७७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १३७ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १४ हजार ५२१ जनालाई कोरोना संक्रमण भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७३० पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ९९६ रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।
अहिलेसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४५७ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया