नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार भन्दा धेरै, आज कति थपिए संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७३० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ९९६ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ८८१ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ४३ हजार ५८१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ४५७ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?