काठमाडौं । कोरोना महामारीसँग लडिरहेको सारा विश्वले अहिले कोरोना भ्याक्सिन पर्खिरहेको छ । केहि देशहमा टीकाकरणको अभियान शुरु भएको छ ।
अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकद्वारा संयुक्त रुपमा विकसित गरेको कोरोना भ्याक्सिनलाई सिंगापुरले स्विकृति दिएको हो ।
फाइजर र बायोएनटेकलाई स्विकृति दिने सिंगापुर पहिलो एशियाली देश बनेको छ । सोमवार
सिंगापुरका प्रधानमन्त्री ली सीन लूंगले फाइजर बायोएनटेकको भ्याक्सिनलाई सरकारले स्विकृति बताएका छन् ।
यस वर्षको अन्तिमसम्ममा सारा विश्वमा कोरोनाको टीका मिल्ने आशा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया