बेलायत, अमेरिकासहित ५ देशमा फाइजरको भ्याक्सिनलाई अप्रुभल

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसबाट बचनको लागि अहिले २१६ भ्याक्सिनको काम भइरहेको छ ।

डब्ल्यूएचओ भ्याक्सिन ल्याण्डस्क्यापका अनुसार यसमा १६३ भ्याक्सिन प्री क्लीनिकल ट्रायलमा छन् । यो समयमा ति भ्याक्सिन ल्याबमै टेस्ट भइरहेका छन् । त्यस्तै ५३ भ्याक्सिन क्लिनीकल ट्रायलमा छन् ।

क्लिनीकल ट्रायलमा धेरै वर्ष पनि लाग्न सक्छ । कोरोनालाई इमजेन्सी मान्दै केहि देशहरुले भने कोरोना भ्याक्सिनलाई अप्रुभल दिएका छन् ।

यस समय चीनका ४, रुसका २ र अमेरिकी कम्पनी फाइजरलाई आपत्कालीन अप्रुभल दिइएको छ ।

बेलायत पछि अमेरिका, बहराइन, यूएई र क्यानडा नस्ता देशमा फाइजरको भ्याक्सिनलाई अप्रुभल दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?