जाडोयाममा बाईक-स्कुटरमा यात्रा : नगर्नुहोस् सामान्य भनिएका यी गल्ती !

काठमाडौं – भनिन्छ – ‘दुर्घटना बाजा बजाएर हुँदैन ।’ या त पूर्व संकेत नै मिल्दछ । तर कतिपय दुर्घटना चालकको सावधानीका कारण टर्छ । यसमा दुईमत छैन ।

यद्यपी सडकमा हुँईकिने सबै चालक यो विषयबारे जानकार हुँदैनन् ।

कसैको हँकाई जाँच्न, कतिको डराउँछ भनेर आत्मविश्वास जाँच्न लेन मिचेर, अरुलाई धक्का दिने गरी, मोटरसाईकल वा स्कुटर हाँक्नेहरु पनि उत्तिकै छन् ।

यसैपनि दुईपाङ्ग्रे सवारी हाँक्नेहरुले निकै सावधान र सचेत रहनुपर्छ त्यसैमाथि जाडोयाममा केहि बढी होसीयारी अपनाउनुपर्छ ।

त्यसैले जाडोयाममा दुईपांग्रे कसरी प्रयोग गर्ने भन्ने सन्दर्भलाई लिएर लोकपथ डटकमले यहाँ केहि टिप्स प्रस्तुत गरेको छ ।

जाडोयाममा बाईक चलाउँदा ध्यान दिनुपर्ने कुरा :
-न्यानो लुगा, पञ्जा र मास्कको प्रयोग गर्ने
-आफ्नो उचाइ र तौलअनुसार स्कुटी वा मोटरसाईकलको प्रयोग गर्ने ।
-हरेक दिन स्कुटी वा मोटरसाईकल पुछपाछ पारेर सफा बनाउने
-बाइक स्टार्ट गरिसके पछि साइड ‘स्ट्यान्ड’ चेक गर्ने ।
-पेट्रोल ट्याङकीमा पानी नपार्ने
-फुल हेलमेट चस्मा पन्जा, चेष्ट गार्ड,
-ईन्जिन राम्ररी नताती नहिँड्ने
-दुबै ब्रेक लगाउन सिकौँ
-बाइक वा स्कुटीमा गुडीरहँदा कुनै मोटरसाइकल वा कार आफू भन्दा स्पिडमा गुडेको देखेर प्रतिष्पर्धी भावना आई ओभरटेक गर्दा दुर्घटना परेका धेरै खबर छन् । सचेत रहने ।
-खाली सडकमा मनोमानी ढंगले बाइक स्कुटर नहाँकौँ ।
-स्कुटी वा बाइकको स्पिडलाई ध्यान दिऔँ
-आफ्नो बाइक स्कुटरको लिमिटलाई थाहा पाऔँ
-सुरक्षित दुरी /साइडबाट हाँकौँ
-गफीएर /संगित सुन्दै वा अनेकन कुरा मनमा खेलाएर सवारी नचलाऔँ
-जेब्राक्रसिङ, टर्निङ, स्कूल एरिया, फूठपाथ, साईकल लेन, दमकल वा एम्बुलेन्सको लेन आदी हेरेर मात्रै सवारी हाँकौँ ।
-जालीवाला जुत्ता वा चप्पलको प्रयोग नगर्ने
-फग लाइटको प्रयोग गर्ने
-जाडोमा पर्ने शितले सडकमा चिप्लने संभावना पनि हुन्छ । गति कम गर्ने ।
– सकेसम्म मोटरसाइकल चालक, साइकल यात्री र पैदलयात्रीले सडकमा निस्किदा बत्ती र प्रकाश पर्दा टल्कने वा परैबाट सोझै देख्न सकिने किसिमको कपडाको प्रयोग गर्नुपर्छ ।

-तनाव भएको वेलामा कहिले पनि ड्राइभिङ गर्नु हुँदैन ।
-मोटरसाइकल र स्कुटीमा प्रयोग भएको लुकिङ ग्लासको सहि प्रयोगबाट पनि दुर्घटनाबाट बच्न सकिन्छ ।
ड्राइभिङको समयमा मोबाइलको प्रयोग गर्नु हुँदैन ।

-गुणस्तरीय हेल्मेटको प्रयोग गर्नुपर्छ । बलियो हेल्मेट र फित्ता राम्ररी बाँध्ने बाँधिने हुनुपर्छ ।

-ट्राफिक नियमले आफूलाई बाँध्नको लागि वा ट्राफिकको फाईदाका लागि होइन, आफैँलाई सुरक्षित बनाउनको लागि हो भनेर सचेत हुने हुँदा पनि सुरक्षित बन्न सकिन्छ । आफूले जानेका भोगेका ट्राफिक नियमको बारेमा अरुलाई पनि सिकाउने र यसको महत्वको बारेमा बुझाउने गर्नुपर्छ ।

-सडकमा रोकिरहेको सवारीमा पनि ध्यान दिनुपर्छ
-मोटरसाइकलको क्षमताभन्दा बढी भारी र मानिस नबोक्ने

कुहिरो र हुस्सुबाट बच्न के गर्ने ?
. विहान र साँझ घरबाहिर निस्किँदा मास्क र न्यानो कपडा प्रयोग गर्ने ।
२.सवारीसाधन चलाउँदा बाक्लो न्यानो र हावा नछिर्ने कपडा लगाउने विशेषगरी हात, घाँटी, पुरा छोप्ने कपडा लगाउने ।
.घाम लागेतापनि न्यानो कपडाहरु लगाउने ।
४. घरमै बस्दा पनि न्यानो र तातो ठाउमा बस्ने । तर हावाको निरन्तर ओहोरदोहोर हुने स्थानमा बस्नुपर्छ ।
५.तातो पानी, तातो झोल पदार्थ प्रशस्त पिउने ।
६.हुस्सु लागेको छ भने सवारीसाधनहरुले लाईट बालेर हिँड्नुपर्छ ता कि बाटोमा अन्य सवारीसाधनहरुलाई देख्न सकियोस् ।

७.-विहान पर्ने तुसारोमा पनि चिसो हुनाले ह्याण्डिल राम्ररी समातिदैन । तसर्थ स्पीड निकै कम गर्नुपर्छ ।
८.बालबच्चा, बिरामी तथा वृद्धवृद्धाहरुलाई न्यानो स्थानमा राख्नुपर्छ ।
धेरै बाक्लो कुहिरो लागेको खण्डमा भने शितलहर शुरु हुने र हप्ता दिनसम्म रहन सक्ने सम्भावना रहेको मौसमविद पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?