काठमाडौं – कोरोनाको कारण थिलथिलो भएको पर्यटकीय गन्तव्य क्रमिक रुपमा खुकुलो हुँदैछ ।
यसैबीच पर्यटकिय नगरी थाइल्यान्डले कोरोनाका कारण लगाएको प्रतिबन्ध खुकुलो पारेसँगै त्यहाँ चहलपहल बढेको छ ।
त्यहाँको सरकारले भिसा नीति परिवर्तन गर्दै पर्यटकलाई आफ्नो सीमामा प्रवेश गर्न दिने भएको समाचार अन्तर्राष्टिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

संसारमा सबैभन्दा लोकप्रिय पर्यटन स्थलमध्ये एक गन्तव्य थाइल्यान्डमा एकपटक पुग्नैपर्ने ठाउँहरु छन् । त्यहाँको एक मिडिया रिपोर्टअनुसार बैंकक सहरमा २०१९ मा मात्रै पौने चार करोडभन्दा बढी पर्यटक पुगेका थिए।
अर्थतन्त्रमा पर्यटन उद्योगको योगदान महत्त्वपूर्ण रहेकोमा कोरोनाका कारण धरमराएको पर्यटन उद्योगमा मा कोरोनाको असरले ठूलो प्रभाव पारेको छ। त्यसैले त्यहाँको सरकारले विशेष पर्यटक भिसा ९एसटीभी० लागू गरेको हो।
के – के छन् मापदण्ड ?
एसटीभीअन्तर्गत चीन, भियतनाम, अस्ट्रेलियालगायतका कम कोरोना प्रभावित मुलुकका नागरिकले ९० दिनको भिसा पाउने छन्। यसलाई दुई पटकसम्म बढाई नौ महिनासम्मको बनाउन सकिनेछ।
थाइल्यान्ड पुगेपछि यात्रीले १४ दिन क्वारेन्टिनमा बस्नु अनिवार्य छ। थाइल्यान्ड प्रवेश गर्नका लागि पीसीआर गर्नुपर्ने छ र पर्यटक भिसाका निम्ति आवदेन दिनुपर्ने छ। ७२ घण्टाभित्रको कोरोना नेगेटिभ रिपार्ट पेश गर्नुपर्ने छ।

यसका अतिरिक्त यात्रीले चिकित्सा बीमाको प्रमाण पनि देखाउनु पर्ने छ।
थाइल्यान्ड पुगेपछि कोरोना पोजिटिभ रिपोर्ट आएका खण्डमा अस्पतालमा कम्तीमा १४ दिन बस्नुपर्ने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया