काठमाडौं । डेमोक्रेटिक पार्टीका जो बाइडेन अबको अमेरिकी राष्ट्रपति बन्ने पक्का भएको छ ।
इलेक्टोरल कलेजमा पनि राष्ट्रपति ट्रम्पलाई पराजित गरेका उनले जितपछि सामाजिक सञ्जालमा आफू हरेक अमेरिकी जनताको राष्ट्रपति बन्ने बताएका छन् ।
उनले भने, ‘म हरेक अमेरिकी जनताको राष्ट्रपति बन्नेछु ।’
उनको यो भनाइलाई अश्वेतको सन्देश भएको बताइएको छ । चुनाव भन्दा पहिला अमेरिकामा नश्लवादको मुद्दा अहम थियो । यसलाई लिएर विभिन्न आन्दोलन चर्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया