ट्रम्पले विश्वलाई दिए बधाई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासहित विश्वलाई बधाई दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै उनले अमेरिकासहित सारा विश्वलाई बधाई दिएका हुन् ।

अमेरिकामा आजबाट भ्याक्सिनेशन शुरु भएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडियामा यसको खुशीयालीमा सारा विश्वबासीलाई बधाई दिएका हुन् ।

अमेरिकामा पहिलो कोरोना भ्याक्सिन अशवेत नर्स सेन्ड्रा लिन्डसेले लगाएकी छन् । अमेरिकामा पहिलो चरणमा हेल्थ वर्कसलाई कोरोनाको खोप लगाइनेछ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार राष्ट्पति ट्रम्प र उपराष्ट्पति माइक पेन्सलाई पनि यसको अफर रहेको छ । तर हालसम्म ट्रम्पले तत्काल भ्याक्सिन लगाउने वा नलगाउने भन्ने बारेमा टुंगो लागेको छैन । किनभने उनी पहिल्यै कोरोना संक्रमित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?