नजिकीयो क्रिसमस र न्यू इयर, यस्ता सर्तसहित खुल्दैछन् रात्रिकालिन व्यवसाय

काठमाडौं – क्रिसमस (डिसेम्बर २५) र अंग्रेजी नयाँ वर्ष नजिकिएको छ ।

नेपालसहित विश्वभर इसाई धर्मावलम्बीले मनाउने क्रिसमस (डिसेम्बर २५) को लागि र नजिकिएको अंग्रेजी वर्ष ‘न्यू इयर’को पूर्वसन्ध्यामा सशर्त रात्रिकालिन व्यवासया शुरु गर्न सरकारले अनुमति दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ बाट बच्न सावधानीस्वरुप लिइएको लकडाउन निषेधाज्ञा लगायतका कारण झण्डै नौ महिनादेखि बन्द नेपालका रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको हो ।

यी दुई महत्वपूर्ण दिनमा उपत्यकाका ठमेल, दरबारमार्ग, पाटनसहित देशका प्रमुख सहर तथा पर्यटकीय क्षेत्र आसपासका होटल र रेस्टुराँ, डान्सबार कफि सप लगायतमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्छ ।

विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । त्यसपछि बन्द रहेका रात्रिकालीन व्यवसायमा के छन् त थपिएका शर्त ?

कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाइनेछ ।

अनिवार्य उचित तरिकाले मास्कको प्रयोग गर्न भनिएको छ

रात्रि व्यवसाय सञ्चालनका लागि जिल्लाभित्र कोरोना महामारीको अवस्था र जोखिमलाई ध्यानमा राखेर कार्यान्वयन गर्न तथा गराउन भनिएको छ ।

पर्यटन मन्त्रालयको मापदण्डअनुसार गृह मन्त्रालयले मङ्सिर २९ गते सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?