विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१७ कुस्लेचौर बस्ने ५२ वर्षीय नन्द कृष्ण मानन्धर आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार मृत फेला परेका छन् ।

यसैगरी भक्तपुरको बराहिथान नजिक हनुमन्ते खोलाको किनारमा सोही नगरपालिका-८ च्यामासिंह बस्ने २० वर्षीय हरीसुन्दर कपाली मृतावस्थामा फेला परेका छन् ।

झापाको दमक नगरपालिका-९ मा डेरा गरी बस्ने ६० वर्षीय सेवक सुनार पनि आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी जाजरकोटको भेरी नगरपालिका-१ कालेगाँउ बस्ने ५६ वर्षीय नेत्र बहादुर बस्नेत सोही नगरपालिका-३ सातदुलामा आइतबार मृतावस्थामा फेला परेका छन् ।

सदरमुकाम खलंगा जान्छु भनि घरदेखि हिडेकोमा घरमा नआए पश्चानत खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षल जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?