अफगानिस्तानमा पछिल्लो ४ दिनमा १५० तालिबानी मारिए

काठमाडौं । अफगानिस्तानमा शान्ति बहालीलाई लिएर तालिबान र अफगानीस्तान सरकारका प्रतिनिधिबीच कतारको राजधानी दोहामा फेरि वार्ता शुरु भएको छ । तर हमलाको सिलसिला भने जारी रहेको छ ।

अफगान सेनाले पनि तालिबानीविरुद्धको कारबाही जारी राखेको छ । अफगान सेनाले गत ४ दिन यता १५० तालिबानी आतंकीलाई मारेको छ ।

दक्षिण कन्धार प्रान्तमा चलाइएको अप्रेशनको रुपमा ७२ घण्टामा ६३ तालिबानी मारिएको र २९ जना घाईते रहेको बताइएको छ । यो जानकारी अफगानिस्तान सरकारले दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?