पुस १० गतेदेखि सिनेमा हल सञ्चालन गर्ने संघको निर्णय

काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि सिनेमा हलहरु खोल्ने निर्णय गरेको छ ।

सोमवार संघले एकल निर्णय गर्दै फिल्म हलहरु सञ्चालन गर्ने बताएको हो । विभिन्न ९ बुँदे मागहरु राख्दै सिनेमा हलहरु सञ्चालन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यसअघि हलहरु सञ्चालनका लागि सरकारसँग माग राखेपनि पूरा नभएपछि हल खोल्ने निर्णय गरेको संघले जनाएको छ ।

कोरोना महामारीपछि चलचित्रकर्मी तथा व्यवसायीहरु मारमा परेका भन्दै संघले हल सञ्चालनको लागि सरकारसँग माग राख्दै आइरहेका थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?