मलेसियाले कोरोना भ्याक्सिनको लागि अर्डर दियो

काठमाडौं । मलेसियाका प्रधानमन्त्री मोहिदीन यासीनले आईतवार देशको ७० प्रतिशत जनसंख्याको लागि भ्याक्सिन किन्न आदेश दिएका छन् ।

यासीनले स्थानीय सञ्चारमाध्यमहरुसँग भने, ‘मैले हेल्थ र साइन्स मिनिस्ट्रीलाई देशका लागि धेरै भ्याक्सिन ल्याउन अर्डर दिएको छु, अहिलेसम्म ३० प्रतिशतका लागि मात्रै मगाइएकोमा अब ७० प्रतिशतको लागि मगाउन आदेश दिएको हुँ ।’

मलेसियाले फाइजरको भ्याक्सिन १.२८ करोड डोज ल्याउने सम्झौता गरेको छ । अब एस्ट्रेजेनेको कोभ्याक्सिन किन्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?