बहराइनमा चीनको फार्मा कम्पनीको कोरोना भ्याक्सिनलाई प्रयोगको अनुमति

काठमाडौं । कोरोना महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण लाखौँ मानिसहरुले ज्यान गुमाएका छन् ।

यसैबीच बहराइनले चीनको फार्मा कम्पनी सिनोफार्मको भ्याक्सिनलाई प्रयोगको लागि अनुमति दिएको छ । यसको टीका लगाउनको लागि अनलाइन रजिस्ट्रेशन शुरु गरिएको छ ।

१८ वर्ष भन्दा धेरै उमेरका मानिसले फ्रिमा भ्याक्सिन लगाउनको लागि रजिस्ट्रेशन गर्न सक्नेछन् ।

सिनेफार्मको यो भ्याक्सिन मिश्र, बहराइन र जोर्डनमा तेश्रो चरणको ट्रायल चलिरहेको छ ।

देशमा हालसम्म ८९ हजार १४३ जनालाई कोरोना संक्रमण भएको छ भने ३४८ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?