अबको ६ महिना कोरोना महामारीको सबैभन्दा खराब दिन : बिल गेट्स

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

यसैबीच अमेरिकी बिजनेसम्यान र माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले अबको ४ देखि ६ महिनासम्म कोरोना महामारी सबैभन्दा खराब हुने बताएका छन् ।

इन्स्टीट्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालूएशनका अनुसार यो समयावधिमा २ लाख भन्दा धेरैको ज्यान जान सक्नेछ ।

त्यसैले नियमको पालना गर्न अनुरोध गरिएको छ ।

गेट्सले सीएनएनसँग दिएको अन्तर्वार्तामा कोरोना भ्याक्सीन आएपछि सबैको अगाडि आफूले लगाउने पनि उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?