नेपालबाट भारततर्फ लैजाँदै गरेकी युवतीको उद्धार

कञ्चनपुर । नेपालबाट भारततर्फ जाँदै गरेका बाजुरा त्रिवेणी गाउँपालिका–१ की १७ वर्षकी किशोरीलाई सशस्त्र प्रहरीले सीमा नाका डोकबजारबाट उद्धार गरेको छ । उद्धार गरिएकी किशोरीलाई शान्ति पुनःस्थापन केन्द्र कैलालीमा बुझाइएको छ ।

किशोरीलाई भारततर्फ लैजाने अजुर्न विकलाई पुनःस्थापन केन्द्रमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?