बर्लिन । कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि जर्मनीमा क्रिसमस नजिकिँदै गर्दा पुनः लकडाउन गरिने भएको छ । जनवरी १० सम्म लागु हुने लकडाउन पर्सी बुधबार डिसेम्बर १६ देखी सुरु हुनेछ ।
अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपी क्रिसमसको ट्रि बेच्ने पसल भने खुला रहने जनाइएको छ ।
जर्मनीमा हालसम्म कोभिड संक्रमणका कारण २२ हजार ४ सय जनाको मृत्यु भइसकेको छ भने १३ लाख ३८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया