काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३४८ जनालाई कोरोना संक्रमण भएको छ ।
जसमध्ये १५० जना महिला र १९८ जना पुरुष संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं जिल्लामा मात्रै ४ हजार २४५ सक्रिय केस रहेका छन् भने ८८ हजार २५८ जना कोरोना संक्रमण मुक्त भएका छन् त्यस्तै अहिलेसम्म काठमाडौंमा ४४३ जनाको मृत्यु भएको छ भने ९२ हजार ९४६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भक्तपुरमा ३५० जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ८ हजार ५ जना निको भएका छन् । त्यस्तै हालसम्म ९७ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ४५२ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ललितपुरमा ८५७ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै १३ हजार ३९२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १३३ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । त्यहाँ १४ हजार ३८२ जनालाई कोरोना संक्रमण भएको छ ।
यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६९८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ५०० रहेको छ ।
योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।
अहिलेसम्म नेपालमा १८ लाख ३१ हजार ४१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१६ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया