कोरोनाबाट थप ९ जनाको मृत्यु, नेपालमा आज कति थपिए संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ६९८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ५०० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९९४ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ३१ हजार ४१ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ५१६ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?