काठमाडौं । अमेरिकाको वाशिङटन डीसीमा गोराहरूको समूह प्राउड बोइज र कालाहरूको ब्ल्याक लाइभ्स म्याटरबीच झडप भएको छ ।

झडपमा चारजनामाथि चक्कु प्रहार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उक्त हिंसा मिलियन मागा मार्चले शनिवार निकालेको जुलुसका क्रममा भएको बताइएको छ ।

जुलुसमा हजारौँ जनाको सहभागिता रहेको थियो भने उनीहरुले रिपब्लिकन पार्टीलाई ध्वस्त पार भन्दै नारा लगाएका थिए। उक्त भीडलाई सम्बोधन गरेका षड्यन्त्र सिद्धान्तकार एलेक्स जोन्स र मेलिसा कारोनाले ट्रम्प अहिलेसम्मकै महान् राष्ट्रपति भएको बताएका थिए ।
President Trump flies over Freedom Plaza aboard Marine One, with the crowd cheering from the ground #MarchForTrump #MAGA #MarchFor45 #DC pic.twitter.com/fKn2GJtEPq
— Brendan Gutenschwager (@BGOnTheScene) December 12, 2020
जोन्सविरुद्ध अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडनलाई एउटा वा अर्को तरिकाले हटाइनेछ भन्दै हिंसा भड्काएको आरोप लागेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया