काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाका अस्पतालमा बेडको अभाव हुन थालेको छ ।
कोरोना संक्रमित भएर अस्पतालमा भर्ना हुनेको संख्या दिनदिनै बढ्दै जान थालेपछि त्यहाँका अस्पतालमा बेडको संख्या कमी हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
क्यालिफोर्नियामा हालसम्म १०.४ लाख मानिसलाई कोरोना संक्रमण भएको छ भने २० हजार भन्दा धेरैको मृत्यु भईसकेको छ ।
गत दुई हप्तामा अस्पतालमा भर्ती हुनेको संख्यामा ७० प्रतिशतले वृद्धि भएको हो । अब त्यहाँका अस्पतालमा मात्र १० प्रतिशत बेड नै खाली रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया