काठमाडौं । कोरोना भाइरसबाट अत्याधिक प्रभावित बनेको देश अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन लाख पार भएको छ ।
अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ३ लाख ५ हजार ८२ जनाको मृत्यु भइसकेको छ भने १ करोड ६५ लाख ४९ हजार ३६६ जनालाई कोरोना संक्रमण भएको छ ।
त्यस्तै ९६ लाख ४४ हजार ३२५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६५ लाख ९९ हजार ९५९ जना उपचाररत छन् ।
त्यस्तै २७ हजार ५२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । देशका केहि राज्यहरुमा फाइजरको भ्याक्सीन पुर्याउने काम भइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एडमिनिस्ट्रेशनका अप्रेशन वार्प स्पीडका प्रमुख गुस्टावे पेरनाले सोमवार १४५ स्थानमा फाइजरको भ्याक्सिनको पहिलो डोज पुर्याइने बताएका छन् । मंगलवार ४२५ र बुधवार ६६ स्थानमा भ्याक्सिनको डोज लगिनेछ ।
११ डिसेम्बरमा अमेरिकामा आपत्कालीन फाइजर भ्याक्सिनको प्रयोग गर्न अनुमति दिइएको थियो ।
यसैबीच ब्राजिल सरकारले भ्याक्सिनेशन प्लान जारी गरेको छ । यसको रुपमा देशको एक चौथाई जनसंख्यालाई भ्याक्सिन लगाइनेछ ।
सरकारले देशको सर्वोच्च् अदालतलाई पठाएको दस्तावेजमा यसको जानकारी दिइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो फेजमा १०.०८ लाख भ्याक्सिन जुटाइएको छ ।
टीका लगाउनेमा हेल्थ वर्कर्स, वृद्धमानिस र आदिबासीहरुलाई प्राथमिकता दिइनेछ । ब्राजिलमा हालसम्म ६८ लाख मानिसलाई कोरोना संक्रमण भएको छ भने १.८१ लाख भन्दा धेरै मानिसको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया