अमेरिकामा भोलिदेखी कोरोनाको खोप लगाइने

न्यूयोर्क । अमेरिकामा भोलि सोमबारदेखी कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइने भएको छ । यहाँको खाद्य तथा औषधि विभागले फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई स्वीकृति दिएसँगै भोलिदेखि अमेरिकी नागरिकलाई खोप दिन लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

९५ प्रतिशत सुरक्षित मानिएको यी कम्पनीका ३० लाख डोज खोप सबै राज्यमा पु¥याइने छ ।

सुरुमा यहाँका २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई खोप दिइने जनाइएको छ ।
बेलायतमा यसअघि नै फाइजरको खोप लगाउने कार्य सुरु भइसकेको छ भने क्यानडाले पनि यसलाई स्वीकृति दिइसकेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?