पायःद्यो (खड्ग जात्रा) सम्पन्न
भक्तपुर, १५ असोज ।बडादशैँको दिन मध्य रात्रि मनाइने तलेजुमा पायः जात्रा अर्थात् खड्ग जात्रा गएराति सम्पन्न भएको छ ।तलेजु भवानीको साक्षात् रुप मानिने पायःद्यो (देवता)लाई रातो कपडाले बेरेर युद्ध कवच पहिराई जात्रा मनाइन्छ । बडादशैँको साँझपख तलेजु आगम मन्दिरको ख“ कुथि कोठाबाट तान्त्रिक विधिपूर्वक पूजा गरिएका बलिपात्र र शस्त्रास्त्रसहित तलेजुको प्रतिरुप पाय द्यो तलेजुका मूल आचाजु, पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुने तलेजुका पुजारी नरेन्द्र जोशी बताउछन ।खड्ग जात्राका क्रममा तलेजुमा सम्बद्ध राजोपाध्यायले पाय द्योःलाई आफ्नो का“धमा बोकेर तलेजु मूलचोकबाट बेको चोक पुगेपछि सर्वसाधारणका लागि पूजा र दर्शन गर्न दिने परम्परा छ । पाय द्योः दरबार स्क्वायरस्थित स्वर्णद्वार पुगेपछि पङ्क्तिबद्ध रुपमा प्रतीक्षारत नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन् र तलेजु भवानीबाट मन्त्रसिद्धि प्राप्तिपछि पाय द्यो जीवित देवता नवदुर्गा देवगणसहित यात्रापथमा अगाडि बढ्ने प्रचलन छ । चन्द्रमासको तिथि र गतिका आधारमा नगरको माथिल्लो र तल्लो क्षेत्रमा जात्रा हुने तलेजुका नाइके बताउँछन् ।सेतो घोडाजात्रा सम्पन्नबडादशैँको मध्यरातमा हुने ऐतिहासिक तथा सांस्कृतिक महत्वको सेतो घोडाजात्रा गए राति सम्पन्न भएको छ । सेता घोडाजात्रा प्रत्येक वर्ष विजयादशमीका दिन रात्रि समयमा हुने गर्छ ।विजयादशमीको राति तलेजु भवानीलाई तलेजुका चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा गरी विसर्जन पूजा सम्पन्न गरिएपछि सेतो घोडाजात्रा हुने परम्परा छ । जात्रा हुनुअघि सेतो घोडालाई एउटा भेँडा बलि चढाइसकेपछि घोडालाई भक्तपुर नगरमा डुलाई घोडाजात्रा गर्ने प्रचलन छ ।तलेजुको मूलचोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय टौमढी हुँदै नारायणचोकसम्म घुमाई जात्रा सम्पन्न गरिन्छ । जात्राका क्रममा दरबार क्षेत्रस्थित पशुपतिनाथलाई घोडानाच देखाउन तीन पटक दगुराउने गरिन्छ । घोडालाई तलेजु भवानीका वाहनका रुपमा पुजिँदै आएको छ ।