९ चैत्र २०७९, बिहीवार

नेवार समुदायमा मोहनी नखः मनाइयो

२०७४,आश्विन,१४,शनिवार १६:०५

0
Shares

काठमाडौँ, १४ असोज ।देशभरी छरिएर बसेका नेवार समुदायले आज मोहनी नखः हर्ष र उल्लासका साथ मनाएको छ ।भोजको संस्कृतिका धनी नेवार समुदायमा मोहनी पर्व भोजमा नै केन्द्रित हुने गर्दछ । आज चालँ अर्थात (विजया दशमी)देखि आफन्तकहाँ मोहनी नखत्या (भोज) शुरु भई पुर्णिमासम्म जारी रहन्छ ।बज्रयान बौध्द धर्मअनुसार विशेष प्रकारको तन्त्र साधना गरी तयार पारिएको मोहनी सिन्ह (कालो टीका) को नामबाट मोहनी नखः भएको जनविश्वास छ । बज्रयान बौद्धधर्म अनुसार बुद्ध, धर्म र संघलाई स्मरण गरी नवमीका दिन विशेष प्रकारको मन्त्रोच्चारणसहित पूजा गरिने प्रचलन छ ।मोहनी नखः अन्तर्गत सप्तमीका दिन नेवार समुदायमा केही पनि गर्नुपर्दैन । पृथ्वीनारायण शाहले काठमाडौँमाथि विजय प्राप्त गरेपछि फूलपातिको प्रचलन नेपाल मण्डलमा शुरु भएको इतिहास रहेको छ ।अष्टमीका दिन नेवारहरूले घरघरमा कूछि भ्वय् (भोज) गरिन्छ । परिवारका सबै कुलका मानिसहरू जेष्ठताक्रममा बसेर भोज खाने भएकाले यसलाई कुछि भ्वय भनिएको हो । बज्र देवीसहित विभिन्न देवदेवीलाई पनि पूजा गरी भोज खुवाउनुपर्ने चलन छ । त्यस्तै, वितेका ज्ञातअज्ञात सबै पितृलाई सिकै ब्व राख्ने (पितृलाई भोज खुवाउने) गरिन्छ ।कुलका सबैजना घरका मूलीदेखि जेष्ठताक्रमअनुसार सँगै बसेर भोज खाने भएकाले कुछि भ्वय भनिएको यो मोहनीको अत्यन्तै महत्वपूर्ण दिन रहेको धारणा असनका सूर्यप्रसाद तुलाधरको रहेको छ ।थापना गरिएका देवदेवीसहित अष्टमीका दिन थापना गरिएको पुस्तक, तथा सरसामानलाई पूजाआजा गर्नुका साथै भोज खुवाउने गरिन्छ ।नवमी, जुन दिनलाई नेवारी भाषामा स्याक्व त्याक्व पनि भनिन्छ त्यस दिन मोहनी सिन्हः फयेगु (तयार) गरिन्छ । ंतन्त्रसँग सम्बन्धित मोहनी सिन्हः टीका लगाउनु नै मोहनी नखःको प्रमुख विशेषता हो ।आज दशमीका दिन पुजा समापन गर्दै ठुलाबडाको हातबाट मोहनी सिन्ह (कालो टीका) लगाएर नःलास्वां (जमरा) लगाउने गरिन्छ । आजैदेखि मोहनी नखत्या सुरु हुन्छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००