भारतमा कोरोना संक्रमणको फैलावट कम हुँदै

काठमाडौं । भारतमा कोरोना भाइरसको फैलावट कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोभिड १९ का २६ हजार ५ सय ६७ जना नयाँ संक्रमित भेटिए । जबकी सोमवार ३२ हजार ९ सय ८१ जनामा संक्रमण देखिएको थियो ।

भारतमा अहिले संक्रमणमुक्त बिरामीको संख्या ९१ लख नाघिसकेको लाख पुुगेको छ । केन्द्रीय स्वास्थ मन्त्रालयले मंगलबार जारी गरेको आँकडाअनुसार पछिल्ला २४ घण्टामा २६ हजार ५ सय ६७ जना नयाँ संक्रमित देखिए, ३ सय ८५ जनाले ज्यान गुमाए तथा ३९ हजार ४५ जनामा निको भए । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि चार लाखभन्दा कम छ ।

भारतमा कुल ९७ लाख ३ हजार ९ सय ८ जनामा संक्रमण देखिएकोमा अहिले ३ लाख ३ हजार ८ सय ६६ जनामा मात्रै सक्रिय संक्रमण छ । १ लाख ४० हजार ९ सय ५ जनाको कोरोनाकै कारण ज्यान गइसकेको छ । विश्वमा सर्वाधिक धेरै संक्रमित अमेरिका छन् । जहाँ, अहिलेसम्म १ करोड ५३ लाखभन्दा धेरैमा संक्रमण देखिइसकेको छ । यहाँ ६० लाखभन्दा धेरै सक्रिय संक्रमित छन् । यहाँ २ लाख ९० हजारभन्दा धेरैले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?